2 Samuel 15:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ तिमी थोरै दिनदेखि मात्र छौ, मैले किन तिमीलाई मसित डुलाउन लैजानु? म कहाँ जाँदै छु, त्यो पनि मलाई थाहा छैन। आफ्ना देशवासीहरूलाई सँगै लिएर फर्किजाऊ। परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य रहून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी त हिजोअस्ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्वास तिमीसित रहून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी हिजो मात्रै आयौ। अनि आज म तिमीलाई हामीसित किन भड्किन बाध्य गरूँ? जबकि म कहाँ गइरहेको छु मलाई थाहा छैन। फर्केर जाऊ, र आफ्ना देशवासीहरूलाई पनि साथमा लैजाऊ। याहवेहले तिमीहरूलाई आफ्नो अचुक प्रेम र विश्वासयोग्यता देखाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”