2 Samuel 15:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इत्तैले राजालाई भने, “जीवित परमप्रभुलाई र तपाईं मेरा प्रभु र राजाको जीवनलाई समेत साक्षी राखी म वचन दिंदछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ, चाहे म बाँचूँ वा मरूँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्‍दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर हत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।”