2 Samuel 15:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका साथ लागेका मानिसहरू बिदा हुँदा सबै मानिसहरू जोडले चिच्‍च्‍याए। राजाले किद्रोन खोला पार गरे, उनका मानिसहरू पछि-पछि थिए र तिनीहरू मरु-स्‍थलतिर लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनीहरू सबै जना निस्‍केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्‍सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्‌न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू चिच्चाई रहका थिए। राजा दाऊद र तिनका मानिसहरू मरूभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए।