2 Samuel 15:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले सादोकलाई भने, “करारको सन्‍दुक सहरमा फर्काई लैजाऊ। परमप्रभु मसित प्रसन्‍न हुनुहुन्‍छ भने कुनै दिन त्‍यो सन्‍दुक र त्‍यसलाई राखेका ठाउँको दर्शन गर्न उहाँले मलाई यहाँ फर्किआउन दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्‍दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्‍याउनुहुनेछ, र म सन्‍दूकलाई र उहाँको वासस्‍थानलाई फेरि देख्‍न पाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा फर्काएर लैजाओ। यदि मैले याहवेहको दृष्‍टिमा निगाह पाएछु भने उहाँले मलाई फेरि फर्काइल्याएर सन्दुक र उहाँको वासस्थानलाई देख्ने मौका दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ।