2 Samuel 15:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सादोकलाई यसो पनि भने, “हेर, आफ्‍नो छोरो अहीमास र अबियाथारको छोरो जोनाथनलाई साथमा लिई शान्‍तिसित सहरमा फर्किजाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्‍य देख्‍न सक्‍छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्‍तिसँग सहरमा फर्केर जाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ।
Nepali ERV (पवित्र बाइबल)
राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ।