2 Samuel 15:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद डाँडाको टुप्‍पोमा पुगे। त्‍यहाँ एउटा आराधना-स्‍थल थियो। त्‍यहाँ उनको विश्‍वासी मित्र अरकी हूशै च्‍यातिएको वस्‍त्र र शिरमा माटो लाएर उनलाई भेट्‍न आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्‍वरलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गरिन्‍थ्‍यो, तब अरकी हूशै आफ्‍ना लुगा च्‍यातीकन आफ्‍नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्‍वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना अर्चना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।