2 Samuel 15:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मद्दत गर्छौ नै भने तिमी सहरमा फर्केर गई अब्शालोमलाई भेट। तिम्रा बुबालाई झैँ तिमीलाई पनि विश्वाससित सेवा गर्नेछु भनी अब्शालोमलाई भन्न सक्छौ र हरेक प्रकारले अहीतोपेलले दिएका सल्लाहको विरोध गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिमी सहरमा फर्किगएर अब्शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्यौ भने, अहीतोपेलको सल्लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि सहरमा फर्केर अब्शालोमलाई यसरी भन्यो भने, ‘हे राजा, म तपाईंको सेवक हुनेछु; म पहिले तपाईंको पिताको सेवक थिएँ, तर अब म तपाईंको सेवक हुनेछु’, तब तिमीले अहीतोपेलको सल्लाहलाई असफल तुल्याएर मलाई सहायता गर्न सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हूँ। मैले तपाईंको पितालाई सेवा गरे। अब म तपाईंको सेवा गर्नेछु।’