2 Samuel 15:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका छोराहरू अहीमास र जोनाथन पनि तिनीहरूसँगै छन्। आफूले सुनेका हरेक कुराको खबर दिएर तिनीहरूलाई तिमीले म भएको ठाउँमा पठाउन सक्छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्। तिमी जे सुन्छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।”
Nepali ERV (पवित्र बाइबल)
सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।”