2 Samuel 16:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद डाँडाको टुप्‍पोबाट केही टाढासम्‍म पुग्‍दा अचानक मपीबोशेतको चाकर सीबाले उनलाई भेट्यो। दुई सय रोटी, एक सय झुप्‍पा किसमिस, एक सय झुप्‍पा ताजा फलफूल र एक मशक दाखमद्यले लादेका दुई वटा गधा सीबासित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्‍यसले आफूसँग दुई सय रोटी, एक सय झुप्‍पा किसमिस, नेभाराका एक सय डल्‍लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्‍याएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्‍ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।