2 Samuel 16:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले अबीशै र आफ्‍ना सबै भारदारहरूलाई भने, “मेरै छोराले मलाई मार्न खोज्‍दै छ। यस बेन्‍यामीनीले जे गर्दै छ, त्‍यसमा किन तिमीहरू छक्‍क पर्छौ? परमप्रभुले त्‍यसलाई सराप्‍ने आदेश दिनुभएको छ। त्‍यसलाई छोडिदेऊ र सराप्‍न देऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले अबीशै र आफ्‍ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्‍नै छोराले मलाई मार्न खोज्‍छ भने यस बेन्‍यामीनी त के कुरा गर्नु? त्‍यसलाई छोड़िदेओ। त्‍यसले सरापोस्‌। किनभने परमप्रभुले नै त्‍यसलाई त्‍यसो गर्नू भनी भन्‍नुभएको होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो।