2 Samuel 16:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद र उनीसँग लागेका मानिसहरू आफ्‍नो बाटो लागिरहे। शिमी उनीहरूसँग नहिँडी डाँडापट्टिको बाटोबाट हिँडे। त्‍यो तिनीहरूलाई सराप्‍दै र ढुङ्गा र माटाले हान्‍दै हिँड्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाऊद र तिनका मानिसहरू आफ्‍नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्‍दै र ढुङ्गा हान्‍दै र धूलो फ्‍याँक्‍दैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।