2 Samuel 16:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हूशैले उत्तर दिए, “म कसरी उनीसित जान सक्थें? जसलाई परमप्रभुले र यी मानिसहरू र सबै इस्राएलीहरूले चुनेका छन्, उनैपट्टि म लागेको छु। म तयारीसित रहनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हूशैले अब्शालोमलाई जवाफ दिए, “परमेश्वरले चुन्नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्यक्तिसँग लाग्ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु।
Nepali ERV (पवित्र बाइबल)
हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु।