2 Samuel 16:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले त्यसलाई सोधे, “यी सबै तिमीले के गरूँला भनेर लिएका छौ?” सीबाले उत्तर दियो, “राजपरिवारमा सवारीको निम्ति यी गधाहरू र हजुरका साथमा आउने मानिसहरूका भोजनको निम्ति रोटी, फलफूल र थाक्नेहरूका लागि पिउन दाखमद्य ल्याएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्यायौ?” सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्नेहरूका निम्ति हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।”
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”