2 Samuel 16:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनताका अहीतोपेलले दिएका सल्लाह परमेश्वरकै वचन हुन् भनी सबैले मान्दथे। दाऊद र अब्शालोम दुवैले उनको सल्लाह सुन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाऊद र अब्शालोमले अहीतोपेलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा अहीतोपेलले दिएका सल्लाहचाहिँ परमेश्वरलाई सोधेर लिइएको सल्लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्लाहलाई उच्च सम्मानका साथ कदर गर्थे।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।