2 Samuel 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजा बहूरीममा आइपुगे। त्‍यहाँ शाऊलको मानिस गेराको छोरो शिमी दाऊदलाई सराप्‍दै भेट्‍न आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद राजा बहूरीममा आइपुगे तब त्‍यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्‍केर दाऊदलाई सराप्‍दैआयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो।
Nepali ERV (पवित्र बाइबल)
दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।