2 Samuel 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीशै, जसकी आमा सरूयाह थिइन्, उनले राजालाई भने, “राजन्! किन यस कुकुरको छाउरोलाई तपाईंलाई सराप्दै भुक्न दिनुहुन्छ? अघि सरेर त्यसको टाउको ठुन्क्याई ल्याउने आज्ञा होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको टाउको उड़ाइदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”