2 Samuel 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सिंहजस्‍ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्‍यक्तिले जान्‍दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसो हुँदा कस्‍तै सूरो र सिंहजस्‍तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्‍दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्‍छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्‍नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्‍ने कुरा सारा इस्राएललाई थाहा छ।
Nepali ERV (पवित्र बाइबल)
तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकु हुन, अनि उनका मानिसहरू धेरै साहसी छन्।