2 Samuel 17:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्‍नेछौं र त्‍यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्‍नेहरू कुनै पनि जीवित छोड़िनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुँइमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाडने होइन।