2 Samuel 17:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक दिन एउटा ठिटोले तिनीहरूलाई देखेछ र त्यसले अब्शालोमलाई सुनाइदियो। यसकारण बहूरीममा बास गर्ने एउटा मानिसको घरमा लुक्न तिनीहरू हतारिंदै गए। त्यसको घरको छेउमा एउटा इनार थियो र तिनीहरू त्यसभित्र पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस पल्ट त एक जना केटाले तिनीहरूलाई देख्यो, र त्यसले अब्शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्यसभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एउटा जवान मानिसले तिनीहरूलाई देख्यो, र अब्शालोमलाई भनिदियो। यसैकरण ती दुवै जनाले तुरुन्तै त्यस ठाउँलाई छोडेर बहूरीममा एक जना मानिसको घरमा गए। तिनको आँगनमा एउटा इनार थियो। तिनीहरू त्यसैभित्र पसे।
Nepali ERV (पवित्र बाइबल)
तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए।