2 Samuel 17:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्‍शालोमका भारदारहरू त्‍यस घरमा गए र त्‍यस स्‍त्रीलाई सोधे, “अहीमास र जोनाथन खोई?” “तिनीहरू खोला पार गरेर गए” त्‍यसले उत्तर दिई। ती मानिसहरूले ती दुईलाई खोजे तर भेट्टाएनन् र तिनीहरू यरूशलेम फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोमका मानिसहरू आएर त्‍यस स्‍त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्‌?” त्‍यसले भनी “तिनीहरू त खोला पारि गए।” ती मानिसहरूले यताउता खोजे, तर कसैलाई भेट्टाएनन्‌। यसैले उनीहरू यरूशलेममा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अब्शालोमका मानिसहरू त्यस स्त्रीका घरमा आए, तब तिनीहरूले सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले तिनीहरूलाई जवाफ दिई, “तिनीहरू त खोला तरेर पारि गइसके।” ती मानिसहरूले तिनीहरूलाई खोजे, तर एउटैलाई पनि भेट्टाएनन्। यसकारण तिनीहरू यरूशलेम फर्के।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?” त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।” अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढयो। तर तिनीहरूलाई भेटून सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।