2 Samuel 17:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबको सट्टामा दाऊदले अमासालाई सेनापति खटाएका थिए। अमासा इश्माएली येतेरका छोरा थिए, अबीगेल तिनकी आमा थिइन्। अबीगेल नाहाशकी छोरी अनि योआबकी आमा सरूयाहकी बहिनी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमले अमासालाई योआबको ठाउँमा सेनाहरूका सेनापति नियुक्त गरेका थिए। अमासाचाहिँ योआबकी आमा सरूयाहका दिदी र नाहाशकी छोरी अबीगेलसित विवाह गर्ने येतेर नाम भएका इस्राएलीका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्।