2 Samuel 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हूशै आइपुगेपछि अब्‍शालोमले उनलाई भने, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्। हामी त्‍यसो गरौं कि नगरौं? उसले भनेअनुसार नगर्ने हो भने कसो गर्ने त? तिमीले हामीलाई बताऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्‍शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्‌। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्‍लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्‍नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
हुशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हुशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।”