2 Samuel 18:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अब्‍शालोमको लाश झारेर जङ्गलमा एउटा खाडलमा हालिदिए र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। सबै इस्राएलीहरू भागेर आ-आफ्‍ना घर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अब्‍शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्‍याँकिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्‍नो घरमा भागेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए।
Nepali ERV (पवित्र बाइबल)
योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए। अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।