2 Samuel 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबले भने, “अँहँ, आज तिमीले कुनै शुभखबर लानेछैनौ। अरू कुनै दिन त्‍यसो गरौला; तर आज होइन किनभने आज राजकुमार मरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्‍छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किन? किनभने राजाका छोरा मारिएका छन्।”