2 Samuel 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले आफ्‍नो कूशी कमारालाई भने, “तैँले जे देखिस्, त्‍यो गएर राजालाई सुनाइदे।” दण्‍डवत् गरेर त्‍यो कमारो त्‍यहाँबाट दगुरेर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योआबले एउटा कूशीलाई भने, “तैंले देखेको कुरा गएर राजालाई सुनाइदे।” तब त्‍यस कूशीले निहुरेर योआबलाई दण्‍डवत्‌ गर्‍यो, र दगुरेर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योआबले एक जना कूशीलाई भने, “जा, तैँले देखेको कुरा राजालाई भनिदे।” तब त्यो कूशी योआबको अगि दण्डवत् गर्‍यो, र दगुर्दै गइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्‌चना गर।” कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।