2 Samuel 18:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहीमासले ढिपी गरे, “के होला भनेर मलाई वास्ता छैन। मलाई पनि खबर लिएर जान दिनुहोस्।” योआबले सोधे, “तिमी किन जान चाहन्छौ, छोरा? तिमीले केही पनि इनाम पाउनेहोइनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सादोकका छोरा अहीमासले फेरि योआबलाई बिन्ती गरे। तिनले भने, “जे भए तापनि मलाई कूशीको पछिपछि दगुरेर जान दिनुहोस्।” योआबले सोधे, “ए मेरा छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्ति तिमीले केही इनाम पाउनेछैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सादोकका छोरा अहीमासले योआबलाई फेरि भने, “जेसुकै भए तापनि मलाई त्यस कूशीको पछि दगुरेर जान दिनुहोस्।” तर योआबले जवाफ दिए, “मेरो छोरा, तिमी किन जान चाहन्छौ? तिमीलाई पुरस्कार दिलाउने किसिमको कुनै खबर तिमीसँग छैन।”
Nepali ERV (पवित्र बाइबल)
तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।” योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”