2 Samuel 18:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जेसुकै होस्, म जान चाहन्छु,” अहीमासले फेरि भने। “त्यसो भए जाऊ त,” योआबले भने। त्यसकारण अहीमास ओरालो बाटो यर्दनको बेसी भएर दगुरे र त्यस कमारोलाई उछिनेर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीमासले भने, “जेसुकै होस्। म कुदेर जानेछु।” योआबले भने, “त्यसो भए जाऊ।” तब अहीमास यर्दनको मैदानको बाटो भएर कुदे, र त्यस कूशीलाई उछिने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “जेसुकै होस्, म दौडेर जान चाहन्छु।” यसकारण योआबले भने, “जाऊ!” तब अहीमास मैदानको बाटोबाट दौडे, र त्यस कूशीलाई उछिनेर गए।
Nepali ERV (पवित्र बाइबल)
अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।” योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।” तब अहीमास यर्दन बेंसी भएर कूशीलाई नाघेर गए।