2 Samuel 18:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका भित्री र बाहिरी मूल-ढोकाहरू बीचको खाली ठाउँमा दाऊद बसिरहेका थिए। पहरादार पर्खालको टुप्पामा चढिगयो र मूल-ढोकाको छानामाथि उभिएर हेर्न लाग्यो। त्यसले एक जना मानिस कुदेर आएको देख्यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला दाऊद बाहिरी र भित्री मूल ढोकाहरूका बीचमा बसिरहेका थिए। अनि जब पहरादारले पर्खालको मूल ढोकाको छानुमा गएर हेर्न लाग्यो, तब त्यसले एक जना मानिसलाई एकलै दगुर्दै आइरहेको देख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद भित्री र बाहिरी मूलढोकाहरूका बीचमा बसिरहेका थिए, तब पहरेदार पर्खालको छेउमा भएको मूलढोकाको छानामा उक्लेर गयो। जब त्यसले हेर्यो, तब एउटा मानिस एकलै दौडेर आइरहेको देख्यो।
Nepali ERV (पवित्र बाइबल)
दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एक्लै कुद्दै आइरहेको देखे।