2 Samuel 18:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र कराएर राजालाई सुनायो। राजाले भने, “त्‍यो एक्लै छ भने त्‍यसले असल खबर ल्‍याउँदै छ।” त्‍यो दगुरिआउने मानिस नजिक-नजिक आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, “त्‍यो एकलै छ भने त्‍यसले केही राम्रो समाचार ल्‍याएको होला।” त्‍यो मानिस झन्‌ नजिक आइपुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पहरेदारले राजालाई बोलायो, र यो खबर भनिदियो। राजाले भने, “यदि त्यो एकलै छ भने त्यससँग असल समाचार हुनुपर्छ।” त्यो मानिस झन्-झन् नजिक आइपुग्यो।
Nepali ERV (पवित्र बाइबल)
पहरादारले चिच्याएर राजा दाऊदलाई भने। राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।” शहरको नजिकै त्यो मानिस आइपुग्यो।