2 Samuel 18:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पहरादारले अर्को एक जना मानिस दगुर्दै आएको देख्यो र कराएर पालेलाई भन्यो, “हेर, अर्को मानिस पनि कुदेर आउँदै छ!” राजाले जवाफ दिए, “त्यसले पनि असल खबर ल्याउँदै छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यस पहरादारले अर्को एक जना मानिसलाई पनि कुद्दै आइरहेको देख्यो। त्यसले तल बसेको ढोकेलाई भन्यो, “हेर त, अर्को एक जना मानिस पनि एकलै कुद्दै आउँदैछ।” राजाले भने, “त्यसले पनि राम्रो समाचार ल्याउँदै होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस पहरेदारले अर्को मानिसलाई पनि दौडेर आएको देख्यो, र पहरेदारलाई बोलाएर भन्यो, “हेर, अर्को मानिस पनि दौडेर आउँदैछ!” राजाले भने, “त्यसले पनि असल समाचार ल्याउँदैछ।”
Nepali ERV (पवित्र बाइबल)
पहरादारले अर्को मानिस पनि कुद्दै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एकलै कुदेर आइरहेछ। राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”