2 Samuel 18:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब्शालोम के कुशलै छ?” राजाले सोधे। अहीमासले उत्तर दिए, “महाराज! हजुरका अधिकृत योआबले मलाई यहाँ पठाउँदा मैले ठूलो हो-हल्ला भएको देखें; तर के भएको थियो, त्यो म ठीकसित भन्न सक्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सोधे, “के जवान अब्शालोम कुशलै छ?” अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?” अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”