2 Samuel 18:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “के अब्‍शालोम कुशलै छ?” कमाराले उत्तर दियो, “राजा, हजुरका सबै शत्रुहरू र विद्रोहीहरूको दशा त्‍यस केटाको जस्‍तै होस्! म त त्‍यही चाहन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले त्‍यस कूशीलाई सोधे, “के त्‍यो जवान मानिस अब्‍शालोम कुशलै छ?” कूशीले जवाफ दियो, “राजाका सबै शत्रुहरू र सबै बागीहरू, जसले हजूरको हानि गर्न खोज्‍छन्‌ उनीहरूको दशा पनि त्‍यही जवान मानिसको जस्‍तै होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले कूशीलाई सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” त्यस कूशीले जवाफ दिए, “मेरा मालिक महाराजाका शत्रुहरू र तपाईंलाई हानि गर्नलाई तपाईंको विरुद्धमा खडा हुनेहरू सबै त्यस जवान मानिसजस्तै होऊन्।”
Nepali ERV (पवित्र बाइबल)
राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?” कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”