2 Samuel 18:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा शोकले व्याकुल भए। मूल-ढोकामाथिको कौसीको कोठामा गएर उनी रोए। माथि कोठामा जाँदा उनले विलाप गर्दै भने, “हाय, मेरो छोरो! मेरो छोरो अब्शालोम! मेरो अब्शालोम! तेरो सट्टामा म मरेको भए हुन्थ्यो! हाय! अब्शालोम! मेरो छोरो अब्शालोम!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्दैजाँदा तिनी यसो भन्दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!”
Nepali ERV (पवित्र बाइबल)
तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”