2 Samuel 18:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू जे असल ठान्छौ, म त्यही गर्नेछु,” राजाले जवाफ दिए। त्यसपछि आफ्ना मानिसहरू सय-सय र हजार-हजारका दलमा छुट्टिएर त्यहाँबाट निस्केर हिँड्दा राजा ढोकाको छेउमा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले जवाफ दिए, “त्यसो भए तिमीहरूलाई जस्तो ठीक लाग्छ म त्यही गर्नेछु।” यसैले राजा मूल ढोकाको छेउमा उभिरहे, अनि सेनाचाहिँ हजार-हजार र सय-सयका पङ्क्तिमा तिनकै नजिकबाट हिँड़ेर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्क्ति गरेर अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।” तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।