2 Samuel 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले अब्‍शालोमलाई राजा अभिषेक गर्‍यौं; तर उनी लडाइँमा मारिए। त अब किन कसैले दाऊद राजालाई फर्काइल्‍याउने उपाय गर्दैनन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामीले राजा अभिषेक गरेका अब्‍शालोम लड़ाइँमा मारिएका छन्‌। यसकारण अब राजालाई फर्काएर ल्‍याउने युक्ति हामीले किन नगर्ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?”
Nepali ERV (पवित्र बाइबल)
यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”