2 Samuel 19:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले के भन्‍दै थिए, त्‍यो दाऊद राजाका कानमा पुग्‍यो। यसकारण उनले सादोक र अबियाथार पूजाहारीहरूलाई यहूदाका अगुवाहरूसित यो प्रश्‍न गर्न पठाए, “राजालाई राजमहलमा फर्काइल्‍याउने काममा मद्दत गर्न किन तिमीहरू पछाडि पर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्‍याउनलाई किन तिमीहरू सबैभन्‍दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्‍यो कुरा राजाको घरमा पुगिसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ?
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे।