2 Samuel 19:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अमासालाई यसो पनि भन्‍नु भनी दाऊदले भने, “तिमी मेरा नातेदार हौ। अब उसो म तिमीलाई यो योआबको सट्टामा मेरा सेनाको सेनापति खटाउँदै छु। मैले त्‍यो भार तिमीलाई दिइनँ भने परमेश्‍वरले मेरो प्राण लेऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अमासालाई भन्‍नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।”‘