2 Samuel 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका यी समाचारले यहूदाका सबै मानिसहरूको मन जित्‍यो र उनलाई आफ्‍ना सबै भारदारहरूसित फर्किआउन तिनीहरूले खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्‍छेको मनजस्‍तै गरी जित्‍यो। अनि तिनीहरूले राजालाई आफ्‍ना सबै मानिसहरूका साथ फर्कनुहोस्‌ भनी आग्रह गरी पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”