2 Samuel 19:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा फर्किजाँदा यहूदाका मानिसहरूले उनलाई यर्दन नदीमा भेटे। राजालाई नदी पार गर्दा रक्षा गर्न तिनीहरू गिलगालमा आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले राजा फर्के र यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्‌न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा यर्दन नदीसम्मै फर्केर गए। यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेटून आए र उहाँलाई यर्दन नदी पारि लगे।