2 Samuel 19:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीसित बेन्यामीन कुलका एक हजार मानिस आएका थिए। शाऊलको घरको चाकर सीबा पनि आफ्ना पन्ध्र छोरा र बीस जना नोकरसहित आयो र तिनीहरू राजाभन्दा अघि यर्दनमा आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीसँग शाऊलको घरानाका भण्डारे सीबा पनि, आफ्ना पन्ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए।
Nepali ERV (पवित्र बाइबल)
झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।