2 Samuel 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सरूयाहको छोरो अबीशैले भने, “शिमीलाई प्राणदण्‍ड हुनुपर्छ, होइन र? जुन व्‍यक्तिलाई परमप्रभुले राजा चुन्‍नुभएको थियो, उनलाई त्‍यसले सरापेको थियो, होइन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।”
Nepali ERV (पवित्र बाइबल)
तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”