2 Samuel 19:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शाऊलका नाति मपीबोशेत राजालाई भेट्न आए। राजाले यरूशलेम छोडेका दिनदेखि फेरि विजयी भएर फर्किनआएसम्म मपीबोशेतले न त खुट्टा धोएका थिए न दाह्री काटेका वा न त आफूले लाएका लुगा धोएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइञ्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुंगा काटेनन् र लुगाफाटा धोएनन्।