2 Samuel 19:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जवाफ दिए, “राजन्! हजुरलाई थाहा छ कि म लङ्गडो छु। मैले त हजुरसित नै जाऊँ भनी गधामा जीन लगाम कस्‍न आफ्‍नो चाकरलाई आज्ञा दिएको थिएँ। तर त्‍यसले मलाई धोका दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्‍छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो।
Nepali ERV (पवित्र बाइबल)
मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेटून जान्छु।’