2 Samuel 19:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बर्जिल्लै असी वर्ष पुगिसकेका साह्रै बुढा मानिस थिए। उनी औधी धनी थिए र राजा महनोममा बसेका बेलामा राजालाई खानेकुरा पुर्याइदिने गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बर्जिल्लै चाहिँ असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनोममा बस्दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खूबै धनाढ्य मानिस थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बर्जिल्लै असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनाइममा बस्दा तिनले नै राजालाई खानेकुराहरू जुटाइदिएका थिए। किनकि तिनी धेरै धनी मानिस थिए।
Nepali ERV (पवित्र बाइबल)
र्बजितले 80 वर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। र्बजितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए।