2 Samuel 19:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म असी वर्ष पुगिसकें। म केही कुरामा अब आनन्द पाउँदिनँ। खाएको, पिएको पनि म केही स्वाद पाउँदिनँ। गीत गाएको पनि म सुन्न सक्दिनँ। म हजुरमाथि भार मात्र हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्न सक्दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले म असी वर्ष पुगिसकेको छु। के म असल र खराब छुट्ट्याउन सक्छु र? के हजुरको सेवकले खाने र पिउने कुरामा रमाउन सक्छु र? के म अझै पुरुष र स्त्रीहरूले गाएको गीत सुन्न सक्छु र? हजुरको सेवक मेरो मालिक राजाका निम्ति किन थप भार बनूँ?
Nepali ERV (पवित्र बाइबल)
म 80 वर्षको मानिस हूँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?