2 Samuel 19:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यत्रो ठूलो इनामको योग्‍य म छैनँ। यर्दनपारि केही परसम्‍म म हजुरसित जानेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरको दास यर्दन पारि अलिक परसम्‍म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्‍तो असल इनाम दिनुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु।