2 Samuel 19:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि म घर फर्कन पाऊँ र मेरा आमा-बुबाका चिहानको नजिकै म पनि मर्न पाऊँ। छोरो किमहाम यहाँ छ। त्यसले राजाको सेवा गर्नेछ। त्यसलाई आफूसित लैजानुहोस्, राजा र हजुरलाई जे उचित लाग्नेछ, त्यही त्योसित गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हजुरको सेवकलाई फर्कन दिनुहोस्। अनि म मेरी आमा र बुबाको चिहानको छेउमा मेरो आफ्नै सहरमा मर्न सकूँ। तर यहाँ हजुरको सेवक किमहाम, मेरा छोरा छ। यो मेरा मालिक महाराजासँग पारि तरेर जाओस्। हजुरलाई जे इच्छा लाग्छ, यसलाई त्यही गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”