2 Samuel 19:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि दाऊद आफ्‍ना सबै मानिसहरूसहित यर्दन पार भए। उनले बर्जिल्‍लैलाई म्‍वाइँ खाएर आशीर्वाद दिए र बर्जिल्‍लै आफ्‍नो घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै मानिसहरू यर्दन पारि तरे, र त्‍यसपछि राजा तरे। तब राजाले बर्जिल्‍लैलाई चुम्‍बन गरे, र तिनलाई आफ्‍नो आशीर्वाद दिए, अनि बर्जिल्‍लै आफ्‍नो घरमा फर्किगए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्‍लैलाई म्वाइँ खाए, र बर्जिल्‍लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्‍लै आफ्नो घरमा फर्के।
Nepali ERV (पवित्र बाइबल)
राजाले र्बजितलाई म्वाई खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।