2 Samuel 19:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले जवाफ दिए, “उनी तिमीहरूबीचकै एक जना भए पनि दाऊद राजामाथि हाम्रो अधिकार तिमीहरूको भन्दा दश गुणा धेरै छ। किन तिमीहरू हामीलाई हेला गर्छौ। यो कुरा नभुल कि राजालाई फर्काइल्याउने कुरा हामीले सबैभन्दा पहिले उठाएका थियौं!” तर यहूदाका मानिसहरूले आफ्नो दाबी जनाउन इस्राएलका मानिसहरूले भन्दा धेरै झोक देखाएर कुरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्छ सम्झनुहुन्छ? राजालाई फर्काइल्याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् कड़ा कुरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्। यसैले दावीदमाथि हाम्रो दाबी तिमीहरूको भन्दा बढी छ। तब तिमीहरू किन हामीलाई तुच्छ व्यवहार गर्छौ? के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा हामीले पहिले गरेका होइनौँ र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् बलियो कुरा गरे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं किन? राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।” तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियौ।