2 Samuel 19:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको महलमा गएर योआबले भने, “आज हजुरले आफ्ना सेवकहरूलाई होच्याउनुभयो, हजुर र हजुरका छोरा-छोरी, स्वास्नी, रखौटीहरूका प्राण जोगाउने आफ्ना सेवकहरूलाई लज्जित पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्जित तुल्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए।